पोखरास्थित प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा बुधबार बेनी नगरपालिकाका ११, मंगलाका १ र ठेगाना नखुलेका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
बेनी नगरपालिका-७ का १८, ५४, २८ र ३० वर्षीया महिला, २३, ५४, २१, ५२, ८ का वर्षीय ३७ का एक, ५ का ३१ वर्षका एक र २ का ४४ वर्षीय एक पुरुषमा कोरोना पुष्टि निर्देशनालयले जनाएको छ।
मंगला गाउँपालिका १ ठेगाना भएका ४८ वर्षीय पुरुष र ठेगाना नखुलेका वर्ष ३३ का अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ। ठेगाना नखुलेका संक्रमित दरवाङमा कार्यरत भएको मालिका गाउँपालिकाले जनाएको छ।
बेनी-८ ठेगाना भएका संक्रमित गण्डकी प्रदेश सभा सदस्य बिनोद केसी हुन्। यस्तै बेनी-७ ठेगाना भएका संक्रमितमध्ये एक जना नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ हुन्। केसी र श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफूहरुलाई कोरोना पुष्टि भएको जनाएका छन्।