१९ कार्तिक २०७७                                                  नेपालमा कोरोना भाइरसको पीसीआर  नेगेटिभ आएका तर  विदेशमा धमाधम पोजेटिभ देखिन थालेको छ । यसको मार भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता (जापान)लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित गन्तब्यमा पुगेपछि पोजेटिभ देखिएको छ । यसले नेपालमा हुने परीक्षणको विश्वसनीयतामा समेत प्रश्न उठेको छ ।

नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्ने गन्तब्यमा पछिल्लो ७२ घण्टायताको नेगेटिभ पीसीआर रिर्पोट भएमा यात्रा गर्न सकिने प्रावधान छ । तर, त्यसरी रिपोर्ट बोकेर गन्तब्यमा पुगेका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको भन्दै एयरलाइन्सले चिन्ता व्यक्त गरेको छ ।

कम्पनीले नेपालका सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालालाई समेत सचेत हुन आग्रह गर्दै यसले मुलुककै स्वास्थ्य परीक्षणमा प्रश्न उठ्ने चेतावनी समेत दिएको छ । साथै यात्रुले समेत पीसीआर दिएपछि अनिवार्य आइसोलेसनमा बसेर स्वास्थ्य मापदण्डको पालना गर्न नेपाल एयरलाइन्सले आग्रह गरेको छ ।

यसैबीच अब नेपालको त्रिभुवन विमानस्थलबाट जहाज चढ्दा पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाएर उडेका यात्रुमा गन्तब्यमा पुगेपछि पोजेटिभ देखिए त्यसको जिम्मेवारी नलिने स्पष्ट पारेको छ । त्यसरी रिपोर्ट पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयमले लिनुपर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर