१८ कार्तिक २०७७ धनगढीः कञ्चनपुर प्रहरीले बहुविवाह गर्ने २ युवायुवतीलाई पक्राउ गरेको छ ।

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ३ बैतडाबाट बहुविवाह गर्ने २ युवायुवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट ३ बस्ने २५ वर्षीय सुरेश लुहार र बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया दीपा जोशीलाई बहुविवाह मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

२०७४ सालदेखि फरार रहेका उनीहरुलाई ३ वर्षपछि पक्राउ गरिएको हो । लुहारकी श्रीमतीले दिएको जाहेरीका आधारमा  दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर