१८ कार्तिक २०७७                                                              कोभिड–१९ को पहिचान र रोकथामका लागि खटिने स्वास्थ्यकर्मीहरुका लागि नौ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ । एक्सनएड नेपालले मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४ सय ५७ थान पीपीई हस्तान्तरण गरेको हो ।

संस्थाकी कार्यकारी निर्देशक सुजिता माथेमाले १ करोड ६२ लाख ४३ हजार ३ सय ४३ रुपैयाँ बराबरको सो सामाग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।


स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामाग्रीले संक्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन महत्वपूर्ण सहयोग पुग्ने बताए ।

तीमध्ये चार हजार थान मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने र बाँकी ५ हजार ४५७ थान काठमाडौं, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लामा रहेका साझेदार सँस्था तथा स्थानीय पालिकामार्फत स्थानीय स्वास्थ्य सँस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर