१८ कार्तिक २०                                               भियनाः युरोपेली मुलुक अस्ट्रियाको भियनास्थित एक यहुदी प्रार्थना गृह (सिनागग)का नजिक आतंकवादी हमला भएको छ । यी आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै कैयौं व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

कोरोनाभाइरसका कारण लकडाउन लागू हुनुअघि अघिल्लो साँझ (सोमबार साँझ) रेष्टुराँ, क्याफेमा खचाखच मानिस रहेकै अवस्थामा हमला भएको थियो ।


समाचार संस्था एपीका अनुसार हमलाकारीले शहरका विभिन्न स्थानमा बन्दुक प्रहार गरेका थिए । प्रहरी कारबाहीमा एक आतंककारी मारिएका छन् । तर सोमबार अबेर रातिसम्म प्रहरीले स्थानीयबासीलाई सचेत गराएर घरभित्र बस्न अनुरोध गरेको थियो ।

आक्रमणमा कैयौं व्यक्ति घाइते भएको अनुमान गरिएको छ । यहूदी प्रार्थनागृहको वरपर ५० भन्दा बढी पटक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति एमानुएल म्याँक्राे, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे समेतका विश्वका कतिपय नेताले उक्त हमलाकाे निन्दा एवं भर्त्सना गर्दै अस्ट्रियालाइ सहयाेग गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर