नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टीमा अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलको भनाइ छ ।

सोमबार साँझ न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण पार्टी समस्यामा परेको धारणा राखे ।

‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउन्टर रणनीति के बन्छ भन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैंसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुने भयो’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर