१६ कार्तिक २०७७, आइतवार

गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ। नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका-१७, कुलेनीमा गैँडाको आक्रमणमा परी  ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको हो । आज  बिहान ५ बजे खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो।   उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले  बताए।

प्रतिक्रिया

सम्बन्धित खवर