आइपीइलः मुम्बईसँग दिल्ली ९ विकेटले पराजित

  • नेपालन्युज कार्तिक १५, २०७७ | शनिबार

१५ कार्तिक २०७७                                         इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दिल्ली क्यापिटल मुम्बई इण्डियन्ससँग पराजित भएको छ । आज भएको खेलमा दिल्ली मुम्बइसँग ९ विकेट पराजित भएको हो ।

दिल्लीले दिएको १ सय १० रनको लक्ष्य मुम्बइले मात्र १ विकेटको क्षतिमा १५ ओभरमै पुरा गर्यो । मुम्बइको जितमा इशान किशनले नटआउट ७२ रन बनाए ।

यसअघि दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर ११० रन जोड्न सक्यो । उसका कप्तान श्रेयस अथ्यरले २५ र ऋषभ पन्तले २१ रन बनाए । मुम्बईका लागि बुमराहले १७ रन दिएर ३ तथा बोल्टले २१ रन दिएर ३ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर