
१३ कार्तिक २०७७, बिहिवार
फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरिलकडाउनको घोषणा गरेका छन । टेलिभिजनबाट सम्वोधन गर्दै उनले कोरोना भाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गरे ।नयाँ व्यवस्थाअनुसार कसेसम्म घर बाहिर निस्कनै नदिने र निस्कनु पर्ने अवस्थामा रहेकाहरुले कडा नियमहरु मान्नु पर्नेछ । बाहिर निस्कनु पर्नेहरुलाई फाराम भर्नु पर्ने व्यवस्था पनि गरिएको छ । अहिले घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागु हुनेछ भने त्यसपछि निरन्तरता दिनु परेमा १५, १५ दिनमा थप्दै लगिने छ ।
फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या उच्च भएको छ भने मंगलबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ३३ हजार जना नयाँ सङ्क्रमित भेटिएका छन् । “सङ्क्रमित र मृतकहरुको संख्या हेर्दा महामारीले फ्रान्समा डरलाग्दो अवस्था लिन सक्ने देखिएको छ,” म्याक्रोनले भने । उनले महामारीको दोस्रो चरण धेरै कठिन र विनाशकारी हुने देखिएकाले त्यस्तो खतरातर्फ जान नहुनेमा उनको जोड रहेको छ ।नयाँ घोषणा गरिएको लकडाउन शुक्रबारदेखि लागु हुनेछ । लकडाउनसँगै छिमेकी राष्ट्रहरुसँगको सिमाना पनि बन्द हुनेछ । भिडभाड गर्न हुन नपाइनेगरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उनले जानकारी गराए । लकडाउनका बेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरु भने खुल्लै रहने छ ।
युरोपेली थुप्रै देशहरूमा महामारीको दोस्रो चरण फेरी तीव्र रुपमा बढिरहेको विभिन्न तथ्यांकहरुले देखाएका छन । ती केही देशहरुले पनि महामारी नियन्त्रण गर्न भन्दै रातको समयमा कर्फ्यू लगाएका छन् ।