१३ कार्तिक २०७७, बिहिवार

स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पुतलीबजार नगरपालिका-६ पुरीस्वराका २९ वर्षीय सूर्यबहादुर गुरूङमाथि कुटपिट गरी हत्या गरेको आरोपमा पुतलीबजार नगरपालिका-६ बछिन डाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने इन्द्रजित गुरूङ, ३४ वर्षिय गिरेप्रसाद गुरूङ, २४ वर्षीय किङकङ गुरूङ र २८ वर्षीय सन्तोष गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वरा गाउँतर्फ सूर्यबहादुरको समूह मापसे गरी मोटरसाइकलमा हो-हल्ला गर्दै जाँदै थिए। सोहीबेला मापसे गरी बसेका इन्द्रजितको समूहले उनीहरूमाथि आक्रमण गरेका थियो।  गत सोमबार राति ११ बजे इन्द्रजित गुरूङ र सूर्यबहादुर गुरूङ समूहबीच झडप भएको थियो।

दुबै समूहबीच बोत्तल, बासको भाटा, लाठी, ढुङ्गा प्रहार गरी झडप भएको थियो। झडप हुँदा दुबै पक्षका युवाहरू घाइते भएका थिए। त्यसमध्ये सूर्यबहादुर गुरूङ गम्भीर घाइते भएका हुन्।

सूर्यबहादुर गुरूङलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर