
मोरङ,
मिक्लाजुङ गाउँपालिका-१ रमितेबाट विभिन्न हातहतियार सहित सोही ठाउँ बस्ने प्रतिक भन्ने काशीनाथ घिमिरे र सनम भन्ने बिज्ञान राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबाट १ थान एकनाले भरुवा बन्दुक, ३५ थान ईलेक्ट्रिक डेटोनेटर, १८ थान ननईलेक्ट्रिक डेटोनेटर, करिब २ किलो जिलेटिङ, १ थान सुतली बम, १ थान टुकी बम, १ थान १२ भोल्ट ब्याट्री र करिब ५० मिटर बिजुलीको तार बरामद भएको छ । बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुले लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।