२८ साउन २०७७

बर्दिया/प्रहरीले अबैध काठ बरामद गरेको छ । प्रहरी चौकी खैरापुर र प्रहरी चौकी तारातालबाट खटी गएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मधुबन नगरपालिका –९ बेलटाँडी स्थित पक्की बिनोद चौधरीको खेतबारीबाट अबैध काठ बरामद गरेको हो ।

जमिन मुनी गाडिएको अवस्थामा सालको गेली थान –२ र सोही ठाँउ नजिकै त्रिपालले छोपेर राखेकोे सालको गेली थान–१ बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीको अनुसार बरामद अबैध काठ मुल्य रु.८० हजार बराबर रहेको छ ।
अबैध काठ बरामद गरी आबश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय गुलरियामा पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर