
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्व निर्धारित केन्द्रीय समिति बैठक सरेको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि सरेको हो ।
नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको उल्लेख छ ।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा भनिएको छ ।