जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आफ्नो पार्टीमा आवद्ध सकृय कार्यकर्ताको लागि लेवी तोकेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले लेवि तोकेको हो ।

उक्त निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तैराजनीतिक समितिका सदस्यहरुले सात सय, केन्द्रीय समितिका सदस्यले पाँच सय, संघीय परिषद्का सदस्यले तीन सय, राष्ट्रिय समितिका सदस्यले दुई सय ५० र संघीय सांसदहरुले १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ ।


त्यस्तै पार्टी सदस्यता वितरण गर्दा आउने शुल्कको ४० प्रतिशत स्थानीय तह, ३० प्रतिशत प्रतिशत प्रदेश समिति र ३० प्रतिशत केन्द्रीय समितिमा बुझाउनु पर्ने पनि सो पार्टीले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर