८ कार्तिक २०७७                                              प्रवासी मेमेङ समाज मलेसिया द्वारा एउटै गाउँका दुई क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग प्रदान भएको छ । फालेलुङ – ४ गुरुङ गाउँ पाँचथर निवासी क्यान्सर पीडित रिता गुरुङ र इन्द्र कुमारी गुरुङको लागी ३०१७८० रुपैया आर्थिक सहयोग संकलन भएको थियो ।

प्रवासी मेमेङ समाज मलेसियाका केन्द्रिय अध्यक्ष महेन्द्र केरुङ र कोसाअध्यक्ष संगम लोहारको उपस्थितिमा फालेलुङ ४ को वडा कार्यालयमा सम्पर्क समितिको अध्यक्ष महेन्द्र केरुङ ( भञ्ज्याङ् ) को अध्यक्षतामा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो । सम्पर्क सचीव रबि राइले संचालन गरेको  कार्यक्रममा फालेलुङ वडा न. ४ का अध्यक्ष बुद्धिमान सावदेन , वडा सचीव मान प्र. सावदेन , वडा सदस्य लोकेस गुरुङ , सरस्वती उच्च मा. बि. का प्राचार्य तेज ब. सावदेन , नेपाल सम्पर्क समितिको प्र. सल्लाहकार राजन चङबाङ , सल्लाहकार बिरेन्द्र थाम्सुहाङ , उपाध्यक्ष कासी राई , बिकास थाम्सुहाङ , महासचिव किङ केरुङ ,समाज सेवीहरु कुमार अधिकारी , सन्त वीर राई लगायतको उपस्थिति रहेको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर