६ कार्तिक २०७७                                                 अब तपाई हामीले चाहेकाे नेपाली  कलाकार सङ सिधै सम्पक गर्न सकिने भएको छ ।   नेप्सिया प्रालिले अब यो सुबिधा नेपालीहरुको  बीचमा  लिएर आएकाे छ ।   कम्पनीले सेलिब्रेटीमार्फत व्यवसाय प्रवद्र्धनको अवधारणा ल्याएको हो । यसबाट सेलीबे्रटी तथा व्यवसायी दुबै लाभान्वित हुनसक्ने कम्पनीका अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयाे ।  कलाकारमात्र नभइ हरेक क्षेत्रका सेलिब्रेटीलाई कामबिहीनको अवस्थाबाट जोगाउँदै आर्थिक उर्पाजनमा सहयोग पुरयाउन बेटा भर्सनमार्फत यसको सुरुवात गरेको हो । यसबाट सेलिब्रेटीहरुले आफ्नो कला प्रस्तुत गरेर आर्थिक लाभ लिन सक्नेछन् भने अर्कोतर्फ सेलिबे्रटीसँग नजिक भई आफ्नो ब्यापार व्यवसाय बढाउन समेत सकिनेछ।

कुनै कम्पनी तथा व्यक्तिले सेलिब्रेटीमार्फत प्रचार प्रसार गर्नुपरेमा कम्पनीले सहजीकरण गर्नेछ । कम्पनीले डिजिटल प्रविधिमार्फत स्वदेश तथा विदेशमा पनि यस्तो सुविधा प्रदान गरिने जनाएको छ। व्यवसाय प्रवद्र्धनमा मात्र नभइ सभा सम्मेलन, वार्षिकोत्सव तथा कार्यक्रमहरुमा प्रस्तुति, उद्घाटन, जन्मोत्सवको शुभकामनालगायतमा पनि सेलीब्रेटीहरुको साथ र सहयोग पाउन सकिनेछ । यसका लागि सेलीब्रेटी शुल्क भने लाग्नेछ । कम्पनीले आगामी तीन महिनाभित्रमा मोवाइल एपसमेत ल्याउने जनाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर