
५ कार्तिक २०७७ बुधबार मलेसियामा थप ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९९ जना पुगेको छ । आजमात्रै ७३२ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज ५८० जना निको भएसंगै जम्मा १४ हजार ९३१ निको भैसकेका छन ।

हालसम्म ७ हजार ८२७ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १०२ जना संक्रमितको आइसियुमा उपचार भैरहेकाे छ ।