४ कार्तिक २०७७, मंगलवार

विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेशनल हस्पिटल एवम् ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चोकमा आजदेखि ५० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहता वीच आज एक सहमती गरी अस्पताल सञ्चालन गरिएको छ । सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेटर र १२ बेडको सघन उपचार कक्ष (आईसीयू) सहित ५० बेडको सेवा सुरू गरेको हो । सेन्टरले १२÷१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका सङकक्रमितका उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताउनुभयो । महानगरपालिकाको तीन र सेन्टरको अक्सिजन सहित एक एम्वुलेन्सले कोभिड सङक्रमितलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ ।

सेन्टरको निरीक्षणपछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले सङक्रमितको उपचारका लागि कुनै कमी हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलब्ध गराउने बताउनुभयो ।

उहाँले निजी क्षेत्रको सहयोगमा महानगरले न्यूरो अस्पतालमा १५० र अर्को एक स्थानमा अक्सिजन सहितको १०० बेडको कोभिड आइसोलेशन सञ्चालनमा ल्याउन लागि रहेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर