
४ कार्तिक २०७७, मंगलवार
बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी जवानको शव पनि असई गोविन्द विकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको शव नदीमा भेटिएको बताए । गत शनिबार प्रहरी सहायक निरीक्षक विकसँगै उनी पनि गस्तीमा खटिएका थिए।