चाड पर्वको समयमा भीडभाड भई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले सूचना जारी गर्दै दशैं, तिहार, छठ लगायतका पर्वहरूमा पूजा, प्रार्थनाका लागि मठ, मन्दिर सहितका शक्तिपीठहरूमा विगत वर्षहरूजस्तो हर्षोल्लासका साथ पूजा आराधना गर्ने अवस्था नरहेकाले कात्तिक ३ गतेदेखि कात्तिक १५ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताइएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर