४ कार्तिक २०७७, मंगलवार

उदयपुरको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित ४ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

नगर उपप्रमुख भीम कुमारी राउतका अनुसार मेयर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल, ईलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द्र सिवकोटी, कटारी नगर शिक्षा शाखाका स्रोत ब्यक्ति सहित ४ जनाको कोरोना पुष्टि भएको हो ।

साथै, आजदेखि कात्तिक १५ गतेसम्म नगरपालिकाको कार्यालय बन्द हुने पनि जनाइएको छ । अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, स्वास्थ्य सेवा र नगर प्रहरी) बाहेक दैनिक सञ्चालन हुने सेवाहरु बन्द हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर