४ कार्तिक २०७७

घरमै अवैध पटकाको स्टोर बनाएको एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट ल्याएका लाखौं मूल्य बराबरका पटका (आतिसबाजी) र तस्करीको सामानसहित कटहरीका दिलिप सहनीलाई मोरङको प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कटहरी गाउँपालिका–४ लोहन्द्रा घाटस्थित दिलिपकुमार साहनीको घरबाट सोमबार पटका र अवैध सामानसहित उनलाई पक्राउ गरिएको हो ।

एक लाख ८० हजार मूल्य बराबरको पटका नियन्त्रणमा लिएको एपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर