२७ साउन २०७७
मलेसियाको एक अदालतले नेपालीलाई कुटने नेपालीलाई चार महिनाको जेल सजाय सुनाएको छ । नेपाली सुरक्षागार्ड कुटिएको भाइरल भिडियोका दोषीलाई मंगलवार त्यहाको अदातले चार महिनाको जेल सजाय सुनाएको हो ।

 


नेपालघर कपिलवस्तुका भएका ३४ वर्षीय राम गोपाल मुराउलाई नवलपरासीका ईस्माइल हुसेनलाई निर्घात कुटपिट गरेका थिए ।
भिडियोको आधारमा पक्राउ गरि दोषी ठहर गर्दै चार महिना जेल सजाय सुनाएको मलेसियाको अध्यागमन विभागले उल्लेख गरेको छ ।
गत जुलाईमा राम गोपालले इस्माइल हुसेनलाई मलाय भाषामा गाली गर्दै निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि नेपाली राजदुतावास मलेसियाले प्रहरीलाई उजुरी गर्दै पीडितलाई सम्पर्कमा ल्याएको ल्याएको थियो ।
कुटपिट गर्ने आफु रहेको भन्दै रामगोपाल स्वयं प्रहरीमा उपस्थिति भएका थिए भने । कुटपिट सम्बन्धमा कुटाइ खाने हुसेनले इन्डोनेसियन मुलकी महिलालाई दुरव्यवहार गरेपछि कुटपिट गरेको उनले प्रहरी समक्ष बयान दिएका थिए ।
दुवैजना मध्ये पिडित हुसेनको समेत भिषाको अवधि सकिएको अवस्थामा रहेकोले हुसेनलाई पनि प्रहरी नियन्त्रणमा लिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर