
३कार्तिक २०७७ पाल्पा क्षेत्र नंं. २ का सांसद सोमप्रसाद पाण्डेयले दशैं खर्चवापत पाएकाे भत्ता आफूले पाल्पा जिल्ला कोभिड कोषमा जम्मा गर्ने भएका छन ।
आफूलाई यसवर्ष प्राप्त हुने दशैं खर्च पाल्पामा सञ्चालन भइरहेको पीसीआर लगायत अन्य कोभिड १९ सँग सम्बन्धित काममा खर्च गर्ने गरी ‘पाल्पा जिल्ला कोभिड कोष’मा पठाइदिने व्यवस्था मिलाउन संसद सचिवालयको लेखा शाखालाई अनुरोध गरेको जानकारी गरायका छन ।