३ कार्तिक २०७७                                               नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले दशैं भत्ता फिर्ता गर्नुभएकाे छ । सोमबार विज्ञप्ति जारी गर्दै नेता सिंहले भत्ता फिर्ता गर्ने जानकारी गराउनुभएकाे छ ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उहाँले भत्ता फिर्ता गर्न पार्टीका सबै सांसदलाई आग्रहसमेत गर्नुभएकाे छ । एकातिर जनतालाई पीसीआर परिक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको उहाँको भनाई छ ।

सांसदहरुको खातामा दशैंभत्ता पठाइदिएर सरकारले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने दुराशय राखेको नेता सिंहको आरोप छ । ‘आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्नेमा उहाँको जोड छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर