मलेसियामाा एक नेेपालीको ह्विल चियरमा वसेकै अवस्थामा मृत्यु भएको छ । झापा जिल्ला दमक नगरपालिका ११ घर भई राेजगारिकाे लाागि मलेसिया पुुगेका रोहन राईको ज्यान गएको हो । नेपाली दूतावास नजिकै सडकपेटीमा गत शुक्रबार अलपत्र अबस्थामा भेटिएका राई लाई नेपाली दूतावास मलेसिया,गैरआवासीय नेपालि संघ ( एनआरएनए )ले उद्धार गरेर राजधानी नजिकै रहेको एक स्थानमा राखिएकोमा उनकाे आज मृत्यु भएकाेे हाेे ।
अवैधानिक अवस्थामा रहेका र कागजपत्र केहि पनि नभएका कारण उनलाई तत्कालै अस्पतालमा भर्ना गर्न सभंव भएको थिएन । आवश्यक कागजपत्रहरु जुटाएर सोमवार अस्पतालमा भर्ना गर्ने तयारी भैरहेको अवस्थामै उनको मृत्यु भएको हो।
मृतक राइले आफु केहि दिन अगाडि मात्रै क्वालालम्पुरमा आएको र केहि मानिसहरुले संबेदनसिल अंगमा निर्घात कुटपिट गरेको बताएका थिए।