२कार्तिक २०७७                                             सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद जनार्दन शर्माले दसैं भत्ताको रकमले भेन्टिलेटर किन्नुपर्ने बताएका छन्।

‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो। यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘दसैं भत्ता स्वरूप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।’


प्रतिक्रिया

सम्बन्धित खवर