१कार्तिक २०७७                                             पाल्पामा शनिवार मात्रै ७५ जना कोरोना संक्रमित थपिएका छन् । शनिवार थपिएका संक्रमितहरु धेरैजसो समुदाय स्तरका रहेका छन् ।

यसरी थपिएकाहरुमा माथागढी गाउँपालिकाका २ जना पुरुष, रामपुर नगरपालिकाका १५ जना पुरुष र ५ जना महिला, पुर्वखोला गाउँपालिकाका ६ जना पुरुष र ३ जना महिला, रैनादेबी छहरा गाउँपालिकाका २ जना पुरुष, तिनाउँ गाउँपालिकाका २ जना पुरुष र १ जना महिला, रिबदीकोट गाउँपालिकाका २ जना पुरुष, तानसेन नगरपालिकाका १४ जना पुरुष र ४ महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पाल्पामा ७५ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९ सय ६९ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोनाकै कारण ४ जनाको कोरोनाको कारण निधन भएको छ भने ७ सय १० जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर