एजेन्सी-

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन विजयी भयो । उसले कोलकता नाइटराइडरलाई ८ विकेटले पराजित गरेको हो । जीतसँगै मुम्बाइ इन्डियन अंक तालिकाको शीर्षमा पुगेको छ ।

कोलकता नाइटराइडरले टस जितेर ब्याटिङ रोजेको थियो । कोलकताको सुरुवात राम्रो हुन सकेन । सुरुवाती ब्याट्सम्यान राहुल त्रिपाठी (७) र शुभम् गिल (२१) रनको योगदान दिए । त्यसपछि आएका नितेश राना र दिनेश कप्तान त झन् दोहोरो अंकको रन पनि बनाउन नसकी पबेलियन फर्के ।

टिमका लागि कप्तान इयोन मर्गेनले ३९ र पेट कमिन्सले ५३ रनको योगदान गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाएर टिमको खातामा १४८ रन जम्मा भयो । मुम्बाइका लागि राहुल चाहरले २ लिए ।

१ सय ४९ रनको विजय लक्ष्य लिएर मैदान छिरेको मुम्बाइ इन्डियनले १६ ओभर ५ बलमा लक्ष्य भेटायो । टिमका लागि क्लिन्टन डिककले ७८ तथा कप्तान रोहित शर्माले ३५ रनको योगदान दिएका थिए ।

१३ औं संस्करणको आइपीएलमा ८ औं चरणको खेल समाप्त भएको छ । अंक तालिकाको शीर्ष स्थानमा मुम्बाइ इन्डियन पुगेको छ । उसको १२ अंक छ । त्यत्ति नै खेल खेलेको दिल्ली क्यापिटल्सको पनि १२ अंक नै छ । कमजोर रनरेटका कारण उ दोस्रो स्थानमा छ । १० अंकसहित तेस्रो स्थानमा रोयलच्यालेन्जर बंगोलर छ भने चौथो स्थानमा कोलकता नाइट राइडर छ । उसले ८ अंक जोडेको छ ।

शनिबार साँझ दुई खेल हुनेछन् । राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स बंगलोर भिड्ने छ भने दिल्ली क्यापिटल्सको सामना चेन्नाइ सुपरे किंगले गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर