३० असोज २०७७, शुक्रवार

सरकारले कोरोना भाइरस (कोभिड १९) को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।

https://amzn.to/4myfPN5

औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन् ।

 

नेपालका यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ ।

नेपालमा कोभिड १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्र्दभमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर