३० असोज २०७७, शुक्रवार
 पेजेन्ट नेपाल इन्टरनेशनलले भुवन केसीलाई ‘एभरग्रिन फेसन आइकन’ अवार्डबाट सम्मानित गरेको छ । बिहीवार बालकुमारीमा एक कार्यक्रमका बीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । पेजेन्ट नेपालका अध्यक्ष तथा अभिनेता दीक्पाल कार्कीले भुवन केसी यो अवार्डको हकदार रहेको बताए ।अवार्ड ग्रहण गरेपछि अभिनेता भुवन केसीले यो अवार्डले आफूलाई अत्यन्त हर्षित र थप उत्साहित बनाएको बताए । त्यस्तै, उक्त कार्यक्रममा अभिनेत्री रीमा विश्वकर्मालाई ‘मोस्ट इनफ्लुएन्सेस टिभी आइकन’ अवार्ड प्रदान गरिएको थियो । गत वर्ष पेजेन्ट नेपाल इन्टरनेशनलले ‘फेसन आइकन’ को अवार्ड अभिनेत्री करिश्मा मानन्धर र अभिनेता प्रशान्त ताम्राकारलाई प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर