३० असेाज २०७७                                             साउदी सरकारले थप ३७ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा)को अवसर दिएको छ ।  हालसम्म १ हजार १३१ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ

परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसरको व्यवस्था गरिएको दूतावासले जनाएको छ । ​बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेको थियो।


बहिर्गमन भिसा लागेकाले  स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर