३० असाेज २०७७                                              नेपाल चिकित्सिक संघले कोभिड–१९ को संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना हुन गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका लगायत देशभरी संक्रमित बिरामीहरुको उपचारका लागि अस्पतालहरुमा बेड, आइसियू तथा भेन्टीलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधीहरुको अभावका कारण संक्रमितहरु सडकमा भौतारिन बाध्य भएको करुणादायी वेदनाले संघ स्तब्ध भएको उल्लेख छ।


‘सम्पूर्ण नागरिकहरुको स्वास्थ्य उपचारका लागि उचित वातावरण तयार गर्न एवं कोभिड–१९ को संक्रमणका लागि आवश्यक पर्ने आइसियू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डीसिभिर लगायतका अत्यावश्यक औषधीहरुको सहज उपलब्ध गराउन नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ’, संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर