जि के पाण्डे
स्याङ्जा

२९ असोज २०७७, बिहिवार
स्याङ्जा कालीगण्डकी गाउपालिका वडा नं ६ कोटघरमा ट्याक्टरले किच्दा सोहि ट्याक्टरका सहचालक को मृत्यु भएको छ । २०७७।०६।२८ गते राती  २०:३० बजे जैपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको लु ४ त ५६६ नं को ट्याक्टरले किच्दा सहचालक २१ वर्षका कुल वहादर सिंजापतीको मृत्यु भएको हो । अचानक ट्याक्टरबाट खसी ट्याक्टरको टायरले दुबै खुट्टा किच्दा घाईते भएका उनलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक स्याङ्जा कालिगण्डकी गाउपालिका ६ बस्ने बर्ष २२ को शिव सोमै र ट्याक्टर प्रहरीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर