२९ असोज २०७७, बिहिवार
नेपाली काग्रेस जिल्ला कार्य समिति स्याङ्जा र नेपाल कम्युनिष्ट पार्टि(नेकपा)स्याङ्जा  कोरोनासंग लड्नको लागि एक भएर लाग्ने भएका छन । पछिल्लो समयमा राजनैतिक दल, अभियान,कतिपय संघसंस्था,ब्यक्ति तथा परिवारको असावधानीका कारण कोरोना समुदायस्तरमा तिव्र गतिमा फैलिएकोमा उनीहले चिन्ता ब्यक्त गरेका छन ।
यसै सन्दर्भमावुधवार  सम्पन्न जिल्ला कोभिड रोकथाम,नियन्त्रण,उपचार तथा ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयको अनुरोधलाई समेत मध्यनजर गरी दुवैपार्टिका प्रतिनिधि विच ब्यापक छलफल भएको छ ।
छलफलमा नजिकिदै गरेको दशै दिपावलीलाई मध्यजनर गर्दे राजनैतिक दलहरुले गर्नै शुभकामना आदान प्रदान,सामुहिक भेटघाट,पार्टि प्रवेश कार्यक्रम,चियापान र सामुहिक रपमा हुने सागंठनिक कार्यक्रमलाई दशै एव तिहार सम्म स्थगन गर्ने निर्णय भएको छ ।
नेकपा स्याङ्जा अध्यक्ष सुर्य प्रसाद गैह्रे(पारस) तथा नेपाली काग्रेस जिल्ला कार्यसमिति स्याङ्जा सभापति वुद्धि वहादुर राना (कुमार)ले सयुक्त  प्रेस विज्ञप्ती जारी गर्दै महामारीलाई न्युनिकरण गर्न सवैले आ आफनै घरमा वसि चाडवाड मनाउन सवैमा अनुरोध समेत गरेका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर