
२८ असोज २०७७, बुधवार
मलेसियाका ब्यापारी डेविट क्ष्रेष्ठ ले वन्धक वनाएका मजदुर मोहम्मद रैदास नेपाल आईपुगेका छन । मलेसियामा रैदासलाई वन्धक वनाएर पैसा असुली गर्ने डेविटलाई भने केन्द्रिय अनुसन्धान ब्युराले काठमाण्डौमा पकाउ गरेपछि हिरासतमा लिएको छ ।
मलेसियामा डेविटले गर्र्ने यस्तै धन्दाहरु सवैलाई थाहा भएपनि कोहिले केहि गर्न नसक्ने रैदास वताउछन । मलेसियामा डेविटले के गर्छन भन्ने मलेसियाको दुतावास,एनआरएनए ,त्यहाँ गठन भएका राजनितिकदलका भातृ संगठन,मलेसियाका ब्यापारीहरु सवैलाई थाहा छ तर कोहि पनी उनको वारेमा एक्सन लिन न परै जाओस वोल्न समेत डराउछन रैदास भन्छन ।
अहिले नेपालमा डेविट गर्ने कृयाकलापका वारेमा ब्युरोमा उजुरी गर्नेको संख्या १२ पुगिसकेको छ।
रोजगारीको लागि मलेसिया गएका डेविट रोजगारीकै सिलसिलामा भुटानवाट मलेसियामा आएकि धनमाया राई संग प्रेमसम्वन्ध वसेपछि सन् २०१२ मा विवाह भएको थियो । विवाह पश्चात उनीहरुले केलाग एरियामा होटल ब्यवसाय गर्दे आएको मलेसियाका ब्यापारी दिनेश राई वताउछन । उनी भन्छन दुर्गा वहादुर वाट नामनै चेन्ज गरेर कसरी डेविट भए नाम नै काफि छ नि