२८ असोज २०७७, बुधवार

स्याङ्जा, समुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिपछि स्याङ्जाको चापाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । मंगलबार १४ जनामा कोरोना पोजेटिभ देखिए संगै जोखिम न्यूनिकरण गर्नका लागि नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्म अत्यावश्य बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो ।चापाकोट नगरपालिकामा असोज २४ गते ३९ जनाको स्वाव संकलन गरिएकोमा ४ महिला र १० पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको थियो । संक्रमित सबैलाई भिरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पताल हेलुमा रहेको आईसोलेसनमा लैजाने तयार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर