२८ असोज २०७७, बुधवार

एजेन्सी, सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटको खेलमा शीर्षस्थानमा रहेको स्पेन युक्रेनसँग पराजित भएको छ । गएराति भएको खेलमा स्पेन युक्रेनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।  अघिल्लो महिना युक्रेन स्पेनसँग ४-० ले पराजित भएको थियो ।

स्पेनले घरेलु टोलीलाई दवावमा राखेपनि गाेल गर्न भने सकेन । ७६औं मिनेटमा सब्सिच्युट खेलाडी भिक्टोर टीसीगान्कोभले गोल गर्दै घरेलु टोली युक्रेनलाई १-० को अग्रता दिलाए । उनले एन्ड्री यार्मोेलेन्कोको पासमा गाेल गरेका थिए । त्यसपछि दुवै टाेलीबाट गाेल नभएपछि खेल युक्रेनले जित्याे ।

युक्रेनसँगको हापछि पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलबाट ७ अंक रहेको छ । समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक भएपनि जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर