२७ असोज २०७७, मंगलवार

मलेसियामा ६६० जना नयाँ कोरोना सक्रमित थपिए सगै संक्रमित हुनेको संख्या १६ हजार ८ सय ८० जना पुगेको छ.  भने संक्रमणको कारण अहिलेसम्म  १६३ जनाको मृत्यु भएको छ ।

मंगलबारको दिन कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ३५० जना निको भएसंगै जम्मा ११ हजार ३७२ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ५ हजार ३४५ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १०१ जना संक्रमित ईमर्जेन्सी कक्ष ( आईसियु ) मा भर्ना भएर उपचाररत रहेका छन ।

अहिले कोरोना जोखिम उच्च रहेको ठाउँ क्वालालम्पुर , सेलाङ्गर , पुत्राजाया , केलाङ् र साबाह , साराबाह , लगायतकोमा कन्डिसनल एमसिओ कडाईका साथ जारी लागू गरिएको मलेसिया सरकारले बताईसकेको छ। एसओपि पालना नगर्ने हरु लाई कडा कारवाही गरिने समेत यहाँको सरकारले बताएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर