२७ असोज २०७७, मंगलवार

पाल्पा – विकास निर्माणको जिम्मा लिएर समयमै काम नगरेका ठेकेदारलाई तानसेन नगरपालिकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाको बोर्ड बैठकले समयमै काम नगरेका ६ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।

https://amzn.to/4myfPN5

यसरी स्पष्टिकरण सोधिएकामा जीवन एण्ड ब्रदर्स,साइन कन्स्ट्रक्सन,सुदिप सुदिक्षा निर्माण तथा सप्लायर्स,हिम्दुङ्ग एण्ड ठोकर÷जय रक्तकाली जेभी,श्री सीएम शिवालय जेभी बानेश्वर शर्मा निर्माण सेवा रहेका छन । उनीहरुले समयमै काम नसकिदिदा तानसेन नगरपालिकाभित्रको विकासले गति लिन नसकेको विश्लेषण गर्न थालिएको छ ।

सझौता अनुसार काम भएको भए यतिवेला तानसेनको  गुन्द्रेखोला सारेम जाने मोटरबाटोको स्तरउन्नति, गुफाचउर जाने मोटरबाटो स्तरउन्नति, डाँडाकटेरी केरबारी अर्तुङ्गा जाने बाटो निर्माणका कामह अन्तिम अवस्थामा त केहि सम्पन्न भैसकेको हुने थिए ।

यस्तै लायन्स धर्मशाला क्षेत्रको बाटो निर्माण, भालेबास पीपलडाँडा तिनाउ सडकको स्तरउन्नति. नारनडाँडा विसुनडाँडा, अर्चले सापाखुम जाने सडकसमेत वनिसकेका हुने थिए यस्ता कामहरु हुन नसक्दा करोडौ वजेटह फ्रिज भएर गैरहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी बाघखोर चिस्यान केन्द्र निर्माण, तानसेनको कोर बजारमा ढुङ्गा  छाप्ने काममा ढिलाई यस्तै तानसेनको बतासे, कैलाशनगर, श्रीनगर सडक तथा रोज रिसोर्ट, आँखा अस्पताल जाने सडक मर्मत  छ महिनाभित्र सक्नुपर्ने काम अहिलेसम्म सुरु नगरेको तानसेन नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको बोर्ड बैठकले समयमै काम नगर्ने ठेकेदारलाई स्पष्टीकरण लिने निर्णय गरेको छ । चित्तबुझ्दो जवाफ नआए नगर बोर्डले कारबाही गर्न सम्बन्धित निकायमा पेश गर्ने जनाएको छ । तर निर्माण कम्पनीहरुले भने कोरोना महामारीका कारण आफूहरुले समयमै काम गर्न नसकेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर