२७ असोज २०७७, मंगलवार
सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद ठगी गरेको अभियोगमा सिरहा, सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनले शनिबार राति ईटहरि उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी तपाईँ २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो भन्दै नेपाल सरकारलाई टयाक्स वुझाउन भनि आईएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा  सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ  दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको अनुसन्धानबाट खुल्न आएको छ ।  निज कामतीलाई आइतबार आइएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर