२६ असोज २०७७, सोमवार

एजेन्सी । जीवनको चालीस तथा पचासको दशकमा पुग्नु भनेको उमेर पाको भएको वा आधा जीवन व्यतित भएको भन्ने बुझिन्छ ।

तर यौनका मामिलामा भने चालीसको दशकमा महिलाले आफनो जीवन भरमा सवैभन्दा बढी सक्रिय हुने समय रहेको एक अध्ययनले देखाएको छ । जीवनको सन्तुष्टि विषयमा गरिएको अध्ययनले महिलाले आफ्नो जीवनको चालीसको दशकमा अन्य उमेरमा भन्दा बढी यौन आनन्द लिने र यौनमा बढी सक्रिय रहने तथ्य सार्वजनिक गरेको छ ।

अध्ययनले चालीसका दशकका महिलाहरुमा यौन सक्रियता बढ्नुका साथै अरु वेलामा भन्दा शरीर स्वस्थ्य रहने, कन्फिडेन्स बढ्ने तथा सम्वन्ध पनि अरु वेलामा भन्दा प्रगाढ हुने कुरा पत्ता लगाएको छ । ‘जीवनको मध्य उमेरमा पुगेका महिलाहरु वयस्कमा भन्दा पनि यौनका मामिलामा बढी सक्रिय रहन्छन’, अध्ययन प्रतिवेदनमा भनिएको छ ‘यो उमेरका महिलाहरु यौन क्रियाकलापमा बढी सक्रिय हुने मात्र होइन, यो समयमा जीवनका अरु समयमा गरीएको यौन समबन्ध भन्दा बढी आनन्द पनि प्राप्त गर्नेछन् ।’ ब्रिटिस जर्नल अफ युरोलोजिमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार ६ हजार भन्दा बढी विभिन्न उमेरका महिलाहरुमा गरिएको अध्ययनमा ४५ देखि ५४ वर्षका ५२ प्रतिशत महिलाहरुले आफ्नो जीवनको यौन क्रियाकलापमा सवैभन्दा बढी आनन्द प्राप्त गरेको र अरुबेला भन्दा बढी सक्रिय रहेको कुरा बताएका छन् ।

त्यस्तै ३१ देखि ४५ वर्ष अमेरका ४३ प्रतिशत महिलाले बढी सन्तुष्टि प्राप्त गरेको जनाएका छन् । प्रतिवेदनमा १८ देखि ३० वर्षका ५४ प्रतिशत महिलाहरुले चरम उत्कर्ष प्राप्त गर्न नसकेको तर ४० देखि ५४ वर्षसम्मका ६७ प्रतिशतले चरम उत्कर्ष प्राप्त गर्न सफल भएको उल्लेख गरिएको छ । अमेरीकामा गरीएको अर्को एक अध्ययन अनुसार ३१ देखि ४५ वर्षका ८७ प्रतिशत महिलाहरु यौनमा सक्रिय रहेको र दैनिक सम्पर्क गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । सो प्रतिवेदन अनुसार ति उमेर समुहका महिलाहरुले यौन चरमआनन्द प्राप्त गर्न सफल भएको जनाएका छन् । अध्ययनले ४० देखि ५० वर्षको उमेरका महिलाहरु यौनका मामिलामा जीवनको सवैभन्दा बढी सक्रिय रहने र आनन्द लिने उमेर समुहमा रहेको निष्कर्ष निकालेको छ ।

पुरुषहरु यौनसँग जोडिएको कुनै पनि कुरा आराम तथा ढुक्कसँगले आफ्ना श्रीमती तथा साथी भाइसँग खुलस्त रुपमा साटासाट गर्ने गर्दछन् । तर महिलाहरु यौनको मामिलामा कुरा तथा विश्लेषण गर्न लजाउने तथा हिच्किचाएको महशुस गर्दछन् । तर, उमेरले ४० को हाराहारी पुगेका महिलामा त्यो हिच्किचाहट कम भएको वा हराइसकेको हुन्छ । तसर्थ पनि उनीहरुमा यौन सक्रियता बढी हुन पुग्छ । विवाहको सुरुवाती अवस्थामा भएको यौन असन्तुष्टिलाई महिलाले खुलेर भन्न सक्दैनन् तर जीवनको मध्य उमेरमा आफ्ना हरेक कुरालाई उनीहरुले सेयर गर्ने अध्ययनले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर