
२६ असोज २०७७, सोमवार
सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना बन्द गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको हाे ।
बैठकले जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरेको हो ।
बैठककाे औपचारिक निर्णय सार्वजनिक हुन बाँकी छ ।