२५ असाेज २०७७                                       काठमाडौं- भक्तपुर नगरपालिकाले  पुनः निषेधाज्ञा लगाउन सरकारसमक्ष आग्रह गरेको छ।

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार बसेको नगरस्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइसको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा लगाउन आग्रह गरेको हो ।

बैठकले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू बन्द गर्नुपर्ने सुझाव समेत दिएको छ ।

बैठकमा  भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नेपाली सेना वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी बल स.प्र.नि. मुकुन्द चापागाईं, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका अनुसन्धान अधिकृत पवनराज पाण्डे, भक्तपुर अस्पतालका तर्फबाट राजेन्द्रप्रसाद नेपाल, जनस्वास्थ्य केन्द्रका प्रमुख रत्नसुन्दर लासिवा, भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष विरेन्द्र जति, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर