२५ असोज २०७७, आइतवार

पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।


पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नम्बरको बलेरो जीपले ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको उपचारका क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर