२४ असोज २०७७, शनिवार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ । पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर