
२४ असोज २०७७, शनिवार
धादिङको बेनीघाट रोराङ्ग गाँउपालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कार्यालयहरुको सेवा बन्द भएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्षमण भट्टराईले जनाकारी दिनु भयो । अहिले सो गाउँपालिकाका सबै वडा कार्यालयहरुको सेवा पनि बन्द गरीएको छ ।
शुक्रबार सोही गाउँपालिकाको चरौदीमा कोरोनाका कारण एक पुरुषको मृत्युपछि गाउँपालिकाले अफ्नो क्षेत्र भित्रका सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।