२०७७ असोज २३
पाल्पा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । विराजले ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी धनुषा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीनियाँ गाउँपालिका-६ बगेवा बस्ने २० वर्षीय रबिन कुमार दासलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । दासले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर