२२ असाेज २०७७,                                          पाल्पामा बिहीबारबाट कोरोना परीक्षण सुरु भएको छ । पाल्पा अस्पतालले   प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना परीक्षणको काम सुरु भएको जनाएको छ ।

बिज्ञप्तिमा   कोरोना परीक्षण गर्न चाहनेहरुले प्रत्येक दिन विहान ८ बजेदेखि २ बजेसम्म नाम दर्ता गर्न सक्ने र उनीहरुको स्वाब परीक्षण  सोही दिननै हुने जनाएको छ ।


स्वाव परीक्षणको लागि नेपाल सरकारले तोके बमोजिम प्रतिब्यक्ति २ हजार रुपैयाँ लाग्नेछ । तर गाउँपालिका, नगरपालिकाबाट आएकाहरुलाई स्वास्थ्य कार्यालयको सिफारिसका आधारमा आएकाहरुको निशुल्क परीक्षण हुने अस्पतालले जनाएको छ ।

सरकारले पाल्पामा ल्याव संचालनका लागि गत असार महिनामा निर्णय गर्दै भदौ महिनामा ल्याव संकलनका लागि १ करोड रुपैयाँ निकासा भएपछि छोटो प्रक्रियाबाट ल्यावका मेसिन तथा सामाग्री खरिद गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर