२२ असोज २०७७, बिहिवार

बलिउड अभिनेता सुशान्त सिंह राजपूतका आत्महत्या प्रकराण अहिलेसम्म पनि सेलाएको छैन , दिनप्रतिदिन नयाँ नयाँ खुलासा भईरहेका छन् ।


एकातिर सुशान्त सिंह राजपूतको मृत्युलाई एम्सको फोरेन्सिक टिमले ‘आत्महत्या’ बताइसकेको छ भने अर्कोतर्फ उनको बैंक खाताको फारेन्सिक अडिट रिपोर्टमा पनि केही संदिग्ध सुराग भेटिएन ।

इन्डियन एक्सप्रेसको खबर अनुसार सुशान्तको सबै बैंक खातामा पछिल्लो ५ वर्षको क्रममा ७० करोडको लेनदेन भयो जसमा ५५ लाख रिया चक्रवर्तीसँग सम्बन्धित पाइयो । धेरैजसो पैसा यात्रा, स्पा र उपहार खरिद गर्नका लागि खर्च गरियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तका बैंक खातामा पछिल्लो ५ वर्षमा ७० करोडको लेनदेन भएको बताइएको छ ।

जसमा ५५ करोड भारतीय रुपैयाँ भने रियासँग जोडिएर आएको बताइएको छ । धेरैजसो पैसा स्पा र गिफ्टको लागि खर्च गरिएको पाइएको हो ।

आत्महत्याको मामिला स्पष्ट भएपछि सिबिआइले अब यसको कारणबारे अनुसन्धान गर्नेछ । यसमा रिया चक्रवर्ती र उनका भाइको भूमिका, बलिउडमा प्रोफेशनल राइवलरी र भा–भतिजावाद, नशालु औषधीको दुरुपयोग र राजपूतको मानसिक स्वास्थ्यबारे अनुसन्धान हुनेछ ।

९० दिनमा ३.२४ करोड भारुको ट्रान्जेक्सनः

– १४ अक्टोबर २०१९ मा सुशान्तको बैंक खातामा ४.६४ करोड भारु नगद थियो जुन ९० दिनभित्र घटेर १.४ करोड भएको थियो । जुन पैसा सुशान्तको खाताबाट निकालियो वा ट्रान्सफर भयो, त्यो भेरैजसो रिया चक्रवर्ती र उनको परिवारमाथि खर्च भयो । १४ अक्टोबरमा रियाका भाइ शोविकको अकाउन्टमा ८१, ९०१ भारु ट्रान्सफर भयो ।

– १५ अक्टोबर २०१९ मा ४.३ लाख भारु दिल्लीको होटल ताजमा बस्नका लागि पठाइयो ।

– १६ अक्टोबर २०१९ मा रिया र शोविकलाई दिल्लीको हवाई टिकटका लागि ७६ हजार भारु पठाइयो । त्यसपछिको केही दिनसम्म धेरै थोरै गरी लाखौं रकमको ट्रान्जेक्सन भयो ।

– १४ नोभेम्बर २०१९ मा रियाको नाममा डेढ लाख भारुको ट्रान्जेक्सन भयो ।

– २० र २१ नोभेम्बर २०१९ मा रियाको मेकअप र सपिङमा ७५ हजार भारु खर्च भयो ।

– २४ नोभेम्बर २०१९ मा रियाको सपिङमा २२,२२० भारु खर्च भयो ।

– २५ नोभेम्बरमा यसै खाताबाट रियाका भाइको ट्युशन फी दिइयो ।

प्रतिक्रिया

सम्बन्धित खवर